अमेरिकामा खोपको पूर्ण मात्रा लगाएकाहरुले खुला स्थानमा मास्क लगाउनु नपर्ने

0

एजेन्सी : अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका मानिसहरुले खुला स्थानमा मास्क लगाउनु नपर्ने भएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले खोपको पूरा मात्रा लगाएकाहरुले खुला स्थानमा मास्क लगाउनु पर्ने बाध्यता नरहेको जनाएको हो ।

सिडिसीले जारी गरेको नयाँ निर्देशिकामा खोपको पूर्ण मात्रा लगाएका व्यक्ति एक्लै वा खोप लगाएका अरु व्यक्तिहरुको सानो समूहमा रहँदा मास्क नलगाए पनि हुने उल्लेख छ ।

सिडिएसीका अनुसरा बन्द कोठा, भिडभाडहरुमा भने सबैले मास्क लगाउनु पर्ने छ ।

हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

सिडिसीले मंगलबार जारी गरेको नयाँ निर्देशिकालाई राष्ट्रपति जो बाइडेनले असाधारण प्रगति भएको प्रतिक्रिया जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.