स्वास्थ्यकर्मीलाई लामो बिदा नबस्न र बिदामा बसेकालाई हाजिर हुन निर्देशन

0

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने र बिदामा बसेकालाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पूर्ण कर्मचारीलाई बिदामा नबस्न र कार्यालयमा हाजिर हुन पत्राचार गरिएको छ । मन्त्रालयका अनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई अनिवार्य काममा रहन पत्राचार गरिएको हो ।

आवश्यक जनशक्तिमा कुनै कमी नगर्ने व्यवस्था पनि गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।

६ महिना करार सेवामा राखेर भएपनि स्वास्थ्यकर्मीको रिक्तता पूर्ति गर्ने गरी मन्त्रालयले पत्राचार गरेको छ ।

Leave A Reply

Your email address will not be published.