चीनले नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने

0

काठमाडौं : नेपालले काेभिड-१९ संक्रमण नियन्त्रणका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुद‍‍‍ृढ बनाउनुपर्ने बताएकाे छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीसँग आयोजना गरेको सामूहिक भर्चुअल छलफलमा नेपाले साे कुरा राखेकाे हाे । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काेभिड नियन्त्रणका लागि सहकार्यलाई थप बलियाे बनाउनुपर्ने विचार राखेकाे परराष्ट्र मन्त्रालयले ट्‍वीटरमार्फत जानकारी दिएकाे छ ।

‘परराष्ट्रमन्त्रीले ६ देशको भिडियो सम्मेलनलाई सम्बोधन गर्नुभयाे र कोभिड रेस्पोन्स र रिकभरीका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताउनुभयाे’- ट्‍वीटरमा लेखिएकाे छ ।

यसैबीच चीनले नेपाललाई करिब एक अर्ब रुपैयाँ (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । छलफलका क्रममा चिनियाँ विदेशमन्त्रीले सहयोगको घोषणा गरेका हुन् ।

सम्मेलनमा चीन र नेपालसहित अफगानिस्तान, बंगलादेश, पाकिस्तान तथा श्रीलंकाका विदेशमन्त्री सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.