झा दम्पतीकाे शब एक महिनापछि फेला

0

महाेत्तरी : फागुन १० गते घरबाटै बेपत्ता पारिएका महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको शव फेला परेको छ। 

दुवै शव पिपरा गाउँपालिका वडा नम्बर २ मा बोरामा हालेर गाडेको जमिनमुनि शव फेला परेको हो।

पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट अपहृत ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झालाई घरमा सुतिरहेको अवस्थामा बेपत्ता पारिएको एक महिनापछि शव फेला परेको हो ।

दुईवटा बोरामा हालेर माटोमुनि पुरिएको अवस्थामा दुवै शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए । 

दुव शवको शरीरको हड्डी मात्र देखिएको छ । कपडाका आधारमा परिवारजनले पहिचान गरेको छ । 

एसपी आचार्यले भने, ‘अपहरण गरिएको राति उनीहरुले सोही कपडा लगाएको आधारमा परिवारजनले शवको पहिचान गरेका छन् ।’ 

शव गलाउन नुनपानीको प्रयोग गरिएको हुन सक्ने प्रहरीको आशंका छ।  सीआईबी, महोत्तरी प्रहरी  र प्रदेश २ प्रहरी टोली घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।

परिवारले शवको पहिचान गरे पनि प्रहरीले भने फोरेन्सिक जाँचपछि मात्रै झा दम्पतीको शव रहे वा नरहेको पुष्टि गरिने बताएकाे छ ।

Leave A Reply

Your email address will not be published.