प्रधानमन्त्रीले बाेलाए एमालेकाे संसदीय दलकाे बैठक

0

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
बैठक शुक्रबार ३ बजेका लागि बोलाइएको हो । बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र संसदीय दललाई कसरी एक ढिक्का बनाएर अगाडि बढ्नेलगायतका विषयमा छलफल हुनेछ ।

यसअघि शनिबार बसेको संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको थियो ।
बालुवाटारमा बसेको सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नगएपछि यस पटकको बैठकमा यो विषयलाई एमालेले एजेन्‍डा बनाएको हो ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिएसम्म उनले बोलाएका कुनै पनि बैठकमा नजाने अडानमा वरिष्ठ नेता नेपाल समूह रहेको छ । प्रधानमन्त्री ओलीसँग असन्तुष्ट भए पनि अघिल्लो संसदीय दलको बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.