रुसमा विपक्षी दलको सम्मेलनमा प्रहरी हस्तक्षेप, दुई सय भन्दा बढी नेता पक्राउ

0

एजेन्सी : रुसमा विपक्षी दलको सम्मेलनमा सहभागी दुई सय भन्दा बढी नेता पक्राउ परेका छन् । रुसको मस्कोस्थित एक होटेलमा आयोजना गरिएको सम्मेलनकै क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले कोरोना महामारीको बीच भेला आयोजना गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो । विपक्षी नेताहरुले भने नियतबस पक्राउ गरिएको आरोप लगाएका छन् ।

राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नाभाल्नी पक्राउ परेपछि विपक्षीहरुले समय समयमा सम्मेलन गर्दै आएका छन् ।

रुसको स्वतन्त्रताका लागि गरिने सम्मेलनमा सहभागीले राष्ट्रपति पुटिनको कडा आलोचना गर्ने गरेका छन् । उनीहरुले चुनावी प्रतिस्पर्धामा आउन खुला रुपमा चुनौती समेत दिएका छन् ।

रुस सरकारले विपक्षी नेताहरुलाई रुस विरोधी तत्वको संज्ञा दिँदै आएको छ । विपक्षीले भने रुसी राष्ट्रपतिको ज्यादती बन्द गर्न र स्वतन्त्रता हनन् नगर्न चुनौती दिँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.