वामदेव गौतमले पार्टी एकता जोगाउन ओली र नेपाल पक्षसँग छुट्टाछुट्टै छलफल गर्ने

0

काठमाडौं : नेकपा एमालेका नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालसँग छलफल गर्ने भएका छन् ।

अभियानको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय गरेको हो । बैठकले पार्टी एकता जोगाउनका लागि दुबै समूहसँग छुट्टाछुट्टै छलफल गर्ने जिम्मेवारी संयोजक गौतमलाई दिएको छ ।

एमाले पुनः फुटको संघारमा पुगेपछि बलियो र एकताबद्ध बनाउन अभियानको माध्यमबाट भूमिका निर्वाह गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

नेकपामा विभाजन आएसँगै गौतमले छुट्टै एकता अभियान सञ्चालन गर्दै आएका थिए । अदालतको आदेशपछि नेकपा एमाले पुरानै अवस्थामा आउदा पनि विवाद अन्त्य नभएपछि गौतमले त्यो प्रयासलाई पुनः निरन्तरता दिने भएका हुन् ।

Leave A Reply

Your email address will not be published.