भारतको कोलकातामा एक भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु

0

एजेन्सी : भारतको कोलकातामा एक भवनमा भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको छ । रेलवेको कार्यालय रहेको भवनमा विद्युत् शर्ट भई आगलागी हुँदा सात जनाको मृत्यु भएको हो । थप दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कोलकाताको स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा सोमबार साँझ आगलागी भएको हो । आगलागीमा दर्जनौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.