प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषदको बैठक बोलाएका छन् । अपारह्न चार बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक राखिएको हो ।

अदालतको आदेशसँगै नेकपा बदर भएर सरकार नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनमा रुपान्तरित भएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

सोमबार नियमित मन्त्रीपरिषदको बैठक बस्ने भएपनि प्रधानमन्त्रीको ब्यस्तताका कारण बस्न सकेको थिएन । आजको बैठकमा नियमित एजेण्डाका साथै बदलिएको परिस्थितीमा सरकारको भुमिकाका विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.