ब्यूँतिएको नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

0

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । महासचिव ईश्वर पोखरेलले अपराह्न चार बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन् ।

बैठकमा सहभागी हुन सबै सचिवालय सदस्यहरुलाई एसएमएस र टेलिफोनमार्फत निम्ता गरिएको छ । वरिष्ठ नेता माधब नेपाल समूह पनि आन्तरिक गृहकार्य गरेर बैठकमा सहभागी हुने तयारी गरेको छ ।

तत्कालीन एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य छन् । बैठकमा सर्वोच्चपछि ब्युँतिएको पार्टी गतिविधि कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुनेछ । फैसला अनुसार पार्टीका काम अघि बढाउने विषयमा पनि बैठकमा कुराकानी हुने बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.