नाभाल्नी विष प्रकरणमा अमेरिकाद्वारा रुसी शीर्ष अधिकारीमाथि प्रतिबन्ध

0

एजेन्सी : रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष गुप्तचर सहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो ।

प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय एफएसबीका प्रमुख एलेक्जान्डर बाट्र्निनकोभ तथा रक्षा उपमन्त्री एलेक्सी क्रिभोरोच्को र पावेल पोपाभ रहेका छन् । प्रतिबन्ध लागेका अधिकारीको अमेरिकामा रहेको सम्पति फ्रिज भएको छ ।

अमेरिकाले रुसका सात शीर्ष अधिकारीका साथै रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्द लगाएको थियो । नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको दाबी गर्दै प्रतिबन्ध लगाएको अमेरिकाले जनाएको छ ।

नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

नाभाल्नीलाई हाल रुसको कारागारमा राखिएको छ । राष्ट्रपति जो बाइडेन प्रशासनले रुसमाथि लगाएको यो पहिलो प्रतिबन्ध हो ।

Leave A Reply

Your email address will not be published.