सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

0

काठमाडौं : सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियो ।

वार्तामा दुई पक्षले आ–आफ्नो कुरा राखेर पहिलो चरणको बैठक सकिएको बताइएको छ ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने सहभागी थिए ।

वार्ता सकारात्मक उन्मूख भएको सरकारी वार्ता टोलीका सदस्यले जानकारी दिएका छन् ।

सरकार र विप्लव समूहले मंगलबार मात्र आ-आफ्ना तर्फबाट वार्ता समिति बनाएको घोषणा गरेका थिए । विप्लव समूहको वार्ता टोली मंगलबार काठमाडौँ आइपुगेको थियो ।

सरकारले २०७५ फागुन २८ गते विप्लव समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

Leave A Reply

Your email address will not be published.