दुवै सदनका सांसदहरुले काेराेना खाेप लगाउँदै

0

संघीय संसदका सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप बुधबार लगाउँदैछन् ।

संसद् भवनकै अगाडी रहेको सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने स्थान तय गरिएको छ । विहान १० बजेदेखि दिउँसो चार बजेसम्म सिभिल अस्पतालमा पुगेर सांसदहरुले कोरोना खोप लगाउने छन् ।

संसद सचिवालयका अनुसार वुधबार प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी र दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।


प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि बुधबार नै खोप लगाइने छ ।


संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई बिहीबार खोप लगाउने तय भएको छ ।

यस्तै, शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधबार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.