कोरोना खोप वितरण प्रणाली अन्यायपूर्ण र विभेदकारी भएको राष्ट्रसंघको आरोप

0

एजेन्सी : संयुक्त राष्ट्रसंघले कोरोना भाइरसविरुद्ध खोप वितरण असमान भइरहेको भन्दै कडा आलोचना गरेको छ । राष्ट्रसंघका प्रमुख प्रमुख एन्टोनियो गुटरेसले कूल कोरोना खोपमध्ये ७५ प्रतिशत केवल १० देशको कब्जा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

केही देशले मात्रै खोप कब्जा गर्नु अन्यायपुर्ण भएको उनको भनाइ छ । सुरक्षा परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै गुटरेसले अझै १ सय ३० देश अझै कोरोना खोपको पहुँचबाट बाहिर रहेको बताएका हुन् ।

कोरोनाको कठिन समयमा खोप वितरणका विषयमा विश्व समुदायको नैतिक परीक्षा हुने पनि उनको भनाइ छ । आपतकालीन खोप अभियान योजनाबद्ध ढंगले मिलेर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

जी ट्वान्टीमा मा आबद्ध ठूलो अर्थतन्त्र भएका देशले कोरोना खोप उत्पादनकर्ता कम्पनीसँग मिलेर कोरोना खोप वितरणमा सहयोग गर्नुपर्ने गुटरेसको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.