नेपालमा चिनियाँ खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति

0

काठमाडौं : नेपालमा चीनमा विकास गरिएको कोरोनाविरुद्ध खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । ‘भेरो सेल’ बेइजिङ इन्स्टिच्युट बायोलिजकलले उत्पादन गरेको हो ।

नेपालमा स्वीकृति पाउने यो दोस्रो खोप हो । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेर भारतमा उत्पादन भएको कोभिसिल्ड माघ १४ गतेदेखि नेपालमा प्रयोग भैरहेको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप प्रयोग भैरहेको हो ।

यसैबीच सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाउने निर्णय गरेको हो ।

सरकारले जेष्ठ नागरिकका लागि भारतवाट २० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाएको छ । अहिलेसम्म नेपालमा दुई लाख ६३ हजार ४ सय ८२ जनाले खोप लगाइसकेका छन् ।

मन्त्रालयले पिसिआर परीक्षणका लागि स्थापना गरिएकामध्ये २९ वटा सरकारी प्रयोगशालालाई पिसिआर परीक्षणका लागि तोकेको छ ।

Leave A Reply

Your email address will not be published.