चिनियाँ अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश

0

एजेन्सी : चीनले पठाएको अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ । मंगल ग्रहको अध्ययनका लागि चीनले पठाएको तियानवेन वान नामको यान बुधबार मंगल ग्रहको कक्षमा प्रवेश गरेको हो ।

चिनियाँ यान अन्तरिक्षमा सात महिना लामो यात्रापछि मंगल ग्रहको कक्षमा पुगेको हो । यानले मंगलको सतहमा अवतरणको प्रयास गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष केन्द्रले जनाएको छ ।

चीनले मंगलग्रहमा एउटा अर्बीटर, एउटा ल्याण्डर र छ पांग्रे रोभर पठाएको छ । अर्बीटरले मंगल ग्रहको कक्षमा रहेर पृथ्वी र मंगल ग्रहमा अवतरण गर्ने यानसँग समन्वय गर्नेछ ।

यसैगरी रोभरले मंगल ग्रहको सतहमा पुगेर तथ्यांक र नमुना संकलन गर्नेछ । चिनिया मिसनले मंगल ग्रहको भौगर्भिक बनावट, वायुमण्डल, पर्यावरण र माटोको अध्ययन गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.