रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी, पक्राउ पूर्जी ल्याउन झाँक्रीको आग्रह

0

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित नेतृ झाँक्रीको निवास पुगेको हो ।

नेतृ झाँक्रीले आफुलाई पक्राउ गर्न आएको प्रहरीको टोलीलाई पक्राउ पूर्जी लिएर आउन भन्दै आग्रह गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर झाँक्री ‍उपस्थित नभएपछि उनलाई पक्राउ गर्न प्रहरी टोली गएको हो ।

गोरखाको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन् । सोही टिप्पणीलाई लिएर नेकपा ओली निकट अखिल नेपाल महिला संघ ‘अनेमसंघ’ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरेको थियो ।

नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको र त्यसको प्रतिउत्पादक विद्या भण्डारी भएको आरोप लगाएकी थिइन् ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.