म्यानमारमा सेनाको कू विरुद्ध प्रदर्शन चर्किँदै

0

एजेन्सी : म्यानमारमा सेनाको ‘कू’ विरुद्ध प्रदर्शन हुन थालेको छ । शुरुमा कू पछि केही शान्त जस्तो देखिएको म्यानमारमा पछिल्लो समय विस्तारै विरोधहरु भैरहेका छन् ।

विभिन्न भागहरुमा मानिसहरु सडकमा ओर्लिएर कू को विरोध गरेका छन् । नागरिकहरुले गरेको प्रदर्शनमा शिक्षक र विद्यार्थी पनि सहभागी हुन थालेका छन् ।

आन्दोलनमा सहभागीहरुले प्रजातान्त्रिक जननिर्वाचित सरकार पूनर्वहालीको माग गरेका छन् । म्यानमारको ठूलो शहर यांगूनको एक विश्वविद्यालयमा भएको प्रदर्शनमा सहभागीहरुले साङ सूचीसहितका नेताको रिहाईको माग गरेका छन् ।

शुक्रबार दिउँसो सयौँ विद्यार्थी तथा शिक्षकहरु यांगूनको विश्वविद्यालय बाहिर जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । कपडामा रातो रिवन लगाएर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । रातो रंग जो सूचीको पार्टीको रंग हो ।

सैन्य कू पछि नेतृ सूकीसहित अन्य नेताहरु हिरासतमा रहेका छन् । गत सोमबार सेनाले निर्वाचित नेतृ आङ साङ सूचीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ ।

सूचीका वकिलले उनलाई घरमै नजरबन्दमा राखिएको जनाएका छन् । सूचीले बिना शर्त आफु, राष्ट्रपति र पक्राउ परेका अरु नेताहरुको रिहाइको माग गरेकी छिन् ।

यसैबीच सैनिक सरकारले फेसबुकपछि इन्स्टाग्राम र ट्वीटर पनि बन्द गराएको छ । शुक्रबार रातिदेखि इन्स्टाग्राम र ट्वLटर पनि बन्द गराइएको हो । त्यहाँ टीभी, रेडियो, पत्रिका पहिलेदेखि नै बन्द छन् ।

Leave A Reply

Your email address will not be published.