कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

0

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटन गरेको भन्दै कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुभेच्छुक संस्थाहरुको सहभागितमा प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसले जानकारी दिएको छ । काठमाडौँमा भौतिक दूरी कायम गर्दै मौन विरोध प्रदर्शनसहित मानव साङ्लोमा टुँडिखेल घेर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले दोस्रो चरणमा कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.