नरभक्षी आन्दोलन नगर्न दाहाल-नेपाल समूहलाई प्रधानमन्त्री ओलीको चेतावनी

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहलाई लक्षित गर्दै नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् ।

ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘घोषणै गरेर शाकाहारी आन्दोलन गरेर हुँदैन भनेको के हो ? चिकेन चिल्ली खाने भनेको हो ? म उहाँहरुलाई भन्न चाहन्छु अब  नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन ।’

प्रधानमन्त्री ओलीले अझै कुन पार्टी मुल हो भन्ने अन्योल छ भने कठैबरा भन्नुपर्ने पनि बताए । ‘मुल पार्टी यही हो, जहाँ हामी छौ । देशकै मुल पार्टी हो । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा र प्रयोग गर्ने पार्टी हो’, उनले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले सभा गर्नका लागि पुग्ने ठाउँ नभएकाले नारायणहिटीअघिको स्थान छानिएको बताए । सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठाउँ नपुगेको बताउँदै उनले काठमाडौंमा गरिएको उक्त सभा इतिहासकै ठूलो भएको दाबी गरे ।

यस्तै प्रधानमन्त्री ओलीले नेपालबाट कोभिड–१९ निर्मूल नहुन्जेल खोप अभियान जारी राख्ने बताए । पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई दिइएको कोरोनाविरुद्धको खोप छिट्टै सबै नेपालीलाई दिइने प्रधानमन्त्री ओलीले घोषणा गरे ।

Leave A Reply

Your email address will not be published.