म्यानमारको सैन्य कू विफल पार्न राष्ट्रसंघका महासचिव गुटरेसको अपील

0

एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले म्यानमारमा भएको सैनिक ‘कू’ विफल बनाउन विश्व समुदायलाई आह्वान गरेका छन् ।

उनले चुनावलाई उल्ट्याउनु अस्वीकार्य भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने बताएका हुन् ।

म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्ने विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा समेत गुटेरसले व्यक्त गरेका छन् ।

कू विफल बनाउन र म्यानमारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै कदम चाल्ने उनको भनाइ छ ।

पश्चिमा देशहरूले कू को निन्दा गरेका छन् । समान धारणा राखेर वक्तब्य निकाल्न भने चीनले नमानेपछि सुरक्षा परिषद्को प्रयास विफल भएको छ ।

सोमबार सेनाले निर्वाचित नेतृ आङ साङ सू ची सहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ । सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको छ । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनर्स्थापनामा बाधा पुर्‍याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो ।

नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो ।

Leave A Reply

Your email address will not be published.