अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-माधव समूहका कार्यकर्ता कलंकीबाट पक्राउ

0

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले बिहीबार आह्वान गरेको आम हड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

यातायात, शिक्षण संस्था तथा कलकारखाना ठप्प भएका छन् । संवैधानिक निकायमा सरकारले बलजफ्ती नियुक्ती गरेको विरोधमा सो समूहले आम हड्ताल घोषणा गरेको हो ।

यसैक्रममा आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेकपा दाहाल-नेपाल समूहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित अन्य नेता कार्यकर्तालाई पक्राउ गरेको हो । प्रचण्ड-माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

हड्तालका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन नगन्य मात्रामा चलेका छन् । मुख्य चोकहरुमा प्रहरी परिचालन गरिएको छ ।

काठमाडौंमा जर्वजस्ती बन्द गराउदै हिडने एक सयभन्दा बढिलाई पक्राउ गरेको छ । बन्दकर्ताले काठमाडौं गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको छ ।

उपत्यका बाहिरका मुख्य शहरको जनजीवन पनि प्रभावित भएको छ । हड्ताल सफल बनाउन नेकपा कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् ।

अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै क्षेत्र बन्दको आब्हान दाहाल नेपाल समूहले गरेको हो । प्रतिनिधि सभा विघटन भएपछि दाहाल नेपाल समूहले निरन्तर प्रदर्शन गर्दै आएको छ । सो समूहले आगामी २८ गते काठमाडौंमा जनसभा आयोजना गरेको छ ।

Leave A Reply

Your email address will not be published.