भारतकाे नयाँ बजेट सार्वजनिक

0

भारतले आगामी आर्थिक वर्ष २०२१-०२२ को बजेट सार्वजनिक गरेको छ । पहिलो पटक ट्याबलेटमार्फ बजेट भाषण गर्दै भारतीय अर्थमन्त्री निर्मला सितारमणले कोरोना महामारीकाबिच स्वास्थ्य बजेट १३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पुर्‍याएको भारतीय सञ्चारुमाध्यमले जनाएका छन् ।

उनले आफूले मात्र डिजिटल बजेट पेश नगरी डिजिटल कपि नै संसदहरुलाई उपलब्ध गराएकी थिइन् ।

यस्तै भारतीय अर्थमन्त्री सितारमणले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाएर ७४ प्रतिशत पुर्‍याउने बताएको भारतीय सञ्चार माध्यमले जनाएको छ । बजेटमार्फत सरकारी बैंकहरुलाई दुई खर्ब राहत दिने निर्णय पनि भारत सरकारले गरेको छ ।

यस्तै भारत सरकारले वायुप्रदूषण नियन्त्रणको लागि २२ अर्ब १७ करोड (भारतीय) रुपैयाँ छुट्याइएको छ । सन् २०२२ सम्म किसानहरुको आम्दानी दोब्बर बनाउने भारत सरकारको योजना छ ।

भारतले आत्मनिर्भर अभियानलाई पनि यस वर्षको बजेटमा जोड दिएको छ । भारतको आत्मनिर्भर स्वस्थ भारतक योजनाको लागि ६ वर्षमा ६ खर्ब ४१ अर्ब ८० करोड (भारतीय) रुपैयाँ छुट्याएको छ ।

यस्तै अर्थमन्त्री सीतारमणले केहि अटो पार्टसमा ७.५ प्रतिशत आयात कर बढाएर १५ प्रतिशत गरेकी छन् । जसका कारण गाडी महंगो हुनेछन् । सोलार इनवर्टर पनि महंगो हुनेछ । यस्तै मोबाइल, चार्जर र हेडफोनमा पनि आयात कर २.५ प्रतिशत बढाएको छ । अब यी सामाग्री पनि महंगो हुनेछन् । 

भारत सरकारले विदेशबाट आयात गरिने मोबाइल र त्यसका उपकरणमा आयात कर २.५ प्रतिशतसम्म बढाएको छ । विगत ४ सालमा भारत सरकारले यी सामाग्रीमा औसत करिब १० प्रतिशतसम्म मात्र आयात कर बढाएको थियो। यस कारण भारतमा मोबाइल फोनको प्रोडक्शन करिब तीन गुणासम्म बढेको छ ।

भारतमा सन् २०१६-१७ सम्म भारतमा १८,९०० (भारतीय) करोड रुपैयाँको मोबाइल फोन बन्थे। २०१९-२० मा १.७ लाख करोड (भारतीय) रुपैयाँको मोबाइल फोन बन्न थालेको भारतीय सञ्चार माध्यमले जनाएको छ। जसको असर नेपालमा पनि पर्नेछ ।

तर सुनचाँदीमा आयत कर ७.५ प्रतिशत कम गरिएकाले गर–गहनाहरु सस्तो हुनेछन् । यसैगरी स्टील सामाग्रीमा पनि आयातकर ७.५ प्रतिशत घटाइएको छ। तावामा आयता कर २.५ प्रतिशत घटाइएको छ । यस्तै लेदरको भन्सार कर पनि घटाइएको छ । जसका कारण लेदरका सामाग्री सस्तो हुनेछन् ।

Leave A Reply

Your email address will not be published.