बेल्जियममा पनि फुट्यो नेकपा

0

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरी नयाँ निर्वाचनमा जाने निर्णय गरे पछि सुरु भएको पार्टी बिभाजनको लहर प्रबासका समिती सम्म आई पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी नेपालको प्रबास समिती “प्रबासी नेपाली एकता मन्च बेल्जियम” ३१ जनवरी आईतवारबाट औपचारिक रुपमा बिभाजित भएर केपी ओली गुट र प्रचन्ड माधब गुटमा परिणत भएको छ । आईतवार दुई वटै समुहले बिज्ञप्ती जारी गरेर यसको पुष्टि गरेका छन ।

पूर्व एमाले तर्फका अधिकांश वली पक्षमा रहेका छन भने पूर्व एमाओबादी र केही पूर्व एमालेका प्रचन्ड माधव गुटमा रहेका छन । नेपालमा पार्टी एकिकरण भए पछि एक भएर माओवादी तर्फका अध्यक्ष ( नेपाली जन प्रगतिशिल मन्च ) जित लामा अध्यक्ष र एमाले तर्फका अध्यक्ष ( एनडीएफ ) बोध राज पौडेल सचिब रहेकोमा बिभाजन पछि आ-आफ्नो समुहको नेत्रित्व गर्दै दुबैजना अध्यक्ष बनेका छन । प्रचन्ड नेपाल पक्षले पूर्व एमाले रमेश कंडेललाई सचिब नियुक्त गरेको छ । ओली समुहको सचिबमा बुद्धी बराल नियुक्त भएका छन ।


बेल्जियमको नेपाली समुदायमा बैचारिक संगठनमा पहिलो नम्बरमा नेपाली काङ्रेसको भात्री संस्था नेपाली जन संपर्क समिति, दोश्रोमा ( एमाले ) एनडिएफ र तेश्रोमा जनप्रगतिशिल मन्चलाई जन समर्थन रहेको देखिन्थ्यो । तर अब माधव प्रचन्ड गुट दोश्रो जन समर्थन रहेको शक्तीमा रहने सम्भाबना हुन सक्छ ।

पूर्व एमालेमा ( एनडीएफ ) बोधराज पौडेल सँग चुनाव लडेका शालिक थपलिया, बिनोद न्यौपाने लगायत ओली समुहमा लागेकोले बलियो देखिएको छ भने पूर्व एमाले रमेश कंडेल, अर्जुन दाहाल , कृष्ण न्यौपाने लगायत प्रचन्ड माधव समुहमा लागेका छन ।

पार्टी एकिकरणबाट उत्साहित भएका प्रबासका कार्यकर्तामा पनि बिभाजन पछि नैरास्यता छाएको छ भने अन्य सामाजिक संस्था र राजनितिक संगठनहरुले पनि दु:ख ब्यक्त गरेका स्ट्याटस र कमेन्टहरु सामाजिक सन्जालमा देखिएका छन ।

नेपालमा केपी ओली समुहले करिब दुई हजार जनाको जम्बो समिती बनाएको झल्को दिने गरी बेल्जियममा पनि उक्त समुहले ७९ जनाको समिती बनाएको छ । यसमा एकता पछिको कार्यसमितिका पदाधिकारी र नयाँ सदस्यहरुलाई राखिएको छ । अर्को समुहले भने नयाँ समितिको पूर्ण विवरण सार्वजनिक नगरेर बोधराज पौडेलको स्थानमा रमेश कंडेललाई सचिब पदमा राखेको छ् ।

दुबै समुहले प्रबासी नेपाली एकता मन्चको लेटरप्याडको प्रयोग गरेर बिज्ञप्ती जारी गरेका छन । एउटा पक्षले स्थायित्वको लागि ओलीको कदमलाई साथ दिएको तर्क गरेको छ भने अर्को पक्षले ओलीको कदम प्रतिगमनको सुरुवात भएको भन्दै त्यसको बिरोधमा संगठन जानु पर्ने मान्यता रहेको उल्लेख गरेको छ ।

सर्बोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णयले कुन समुहलाई बैधानिकता दिन्छ, सोही अनुसार प्रबासी नेपाली एकता मन्चको स्वामित्वको निर्णय हुनेछ भने अहिले तठष्थ रहेका र एक अर्का समुहमा लागेकाहरु पनि समुह परिवर्तन गरी अधिकारिक सङगठनमा सामिल हुने सम्भाबना भने यथावत रहेको छ ।

त्यसै गरी अर्को युरोपियन देश जर्मनीमा पनि प्रबासी एकता मन्चका बर्तमान अध्यक्ष चन्द्रकान्त आचार्य अध्यक्ष र सनत कुमार गौतम सचिब रहेको ओली समुहको समिती बनेको नेकपाका नेता गोबिन्द पौडेलले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.