सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिनाको आपत्ती

0

काठमाडौं । सभामुख अग्नी सापकोटाले संवैधानिक परिषद्को पत्र फिर्ता पठाएको प्रति राष्ट्रिय सभा अध्यक्ष गणेप्रसाद तिमिल्सिनाले आपत्ती जनाएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संवैधानिक निकायमा पदपूर्ति सम्बन्धी सिफारिसको पत्र सभामुख सापकोटाले फिर्ता गराएकोमा आपत्ती जनाएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले आफू समेत सहभागी भई निर्णय भएको संवैधानिक परिषदका सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको दावी समेत गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसद्को दुवै सदनको सम्पत्ति भएको भन्दै पत्र फिर्ता सम्बन्धी गलत प्रक्रियामा संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा संलग्न नरहेको पनि प्रष्ट पारे ।

सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित फिर्ता पठाइएको अरोप उनको थियो ।

संसदीय सुनुवाईका लागि आएका सिफारिस फिर्ता गर्ने व्यवस्था र नजिर समेत नरहेको उनले बताए । उनले संविधान र संसदीय ऐनको मूल्य मान्यतालाई दलिय स्वार्थमा मुस्न नहुने तर्क पनि गरे ।
सभामुख सापकोटाले आइतबार परिषद्का कागजात सक्कलै फिर्ता पठाएका थिए । त्यसअघि संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा गरिएका विभिन्न ३८ नियुक्तिका लागि गरिएको सिफारिसको संसदीय सुनुवाईका लागि संसद सचिवालयलाई पत्राचार गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.