म्यानमारमा सैनिक ‘कू’, सेनाद्वारा एक वर्ष संकटकाल घोषणा

0

एजेन्सी : म्यानमारमा सैनिक ‘कू’ भएको छ । सोमबारबाट नवनिर्वाचित संसदको बैठक शुरु हुन लागेको समयमा सेनाले राष्ट्रपतिसहित थुप्रै नेतालाई पक्राउ गरेको हो ।

सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी ‘एनएलडी’ की नेतृ आङ सान सूची, राष्ट्रपति वुइन मीयनसहित अन्य थुप्रै नेतालाई पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राजधानी नेदिप र मुख्य सहर यानगुनका गल्लीहरूमा सेना परिचालन गरिएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

नेताहरूलाई पक्राउ गरको केही घन्टापछि सेनाले शासन आफ्नो हातमा लिएको जानकारी दिएको छ । सेनाको टेलिभिजनले एक वर्षको निम्ति संकटकाल घोषणा गरिएको जनाएको हो ।

सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म पनि म्यानमारमा सेनाले शासन गर्दै आएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सूचीको पाटी ‘एनएलडी’ले बहुमत प्राप्त गरेको थियो ।

सेनाले भने सो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ । नयाँ निर्वाचित तल्ल सदनको पहिलो बैठक सोमबार बस्न लागेको समयमा सैनिक ‘कू’ भएको हो । नोभेम्बर ८ मा भएको चुनावमा एनएलडीले उपलब्ध मध्ये ८३ प्रतिशत सिटमा जित हाँसिल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.