कक्षा १२ को नतिजा सार्वजनिक

0

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको हो ।

परीक्षामा विद्यार्थीले २ दशमलब ४१ देखि २ दशमलब ८० जीपीए ल्याएका छन् । २ दशमलब ८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ । ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ । सहभागी मध्ये एक जनाको परीक्षा रद्द भएको छ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ । कोरोना महामारीबीच मंसिरमा सञ्चालित परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्दतिका आधारमा हुँदै आएको छ । यसअघि परीक्षा बैशाखमा हुने गरेको थियो ।

यसपटक परीक्षा बोर्डले ४० प्रतिशत अंकका लागि संक्षिप्त परीक्षा लिएको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशन गरिएको हो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

Leave A Reply

Your email address will not be published.