आज माघ १९ : ज्ञानेन्द्र शाहले ‘कु’ गरेको दिनलाई कालो दिनका रुपमा स्मरण गरिँदै

0

काठमाडौं : आज माघ १९ गते, इतिहासको एक कालो दिनको रुपमा स्मरण गरिँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको दिनको रुपमा माघ १९ लाई सम्झने गरिन्छ । नेपालको प्रजातन्त्रिक आन्दोलनमा कालो दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ ।

२०६१ सालको माघ १९ गते राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए ।

दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए ।

शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए । शाहले रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो ।

२०६२/०६३ को दोस्रो जनआन्दोलनले राजसंस्थाको अन्त्य गराई मुलुकमा गणतन्त्र स्थापना गराएको थियो । यही बीचमा माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनआन्दोलनको जगमा पुनःस्थापित संसदले मुलुकबाट राजतन्त्र समाप्त गरी गणतन्त्र घोषणा गरेको थियो ।

त्यसपछि राजा ज्ञानेन्द्र नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए । टेलिभिजन सम्बोधनमार्फत् उनले ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.