इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाको मृत्यु

0

एजेन्सी : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएका छन् ।

सुलावेसी द्वीपको मामुजु शरहमा मात्र यस भूकम्पको कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ । मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भूकम्पको कारण आठ व्यक्तिको मृत्यु भएको छ।

भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ । भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ । सो द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन ।

सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बर २६ मा गएको ९ दशमलब १ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.