कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

0

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्धको भारतीय खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले सो खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।

कोभिसिल्ड भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप हो । नेपालले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न अनुमति दिएको यो पहिलो खोप हो ।

सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ । यो खोप शनिबारदेखि भारतमा लगाउन शुरु गरिँदैछ । भारतले यो वर्ष ३० करोड मानिसहरूलाई खोप दिने योजना बनाएको छ ।

कोभासिल्ड खोप ७० दशमलब ४२ प्रतिशत प्रभावकारी रहेको छ । कोभिशिल्डलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने बताइएको छ ।

अक्सफोर्ड रएस्ट्राजेनिका खोपलाई स्थानीयरूपमै भारतको सेरम इन्स्चिच्युटले उत्पादन गरिरहेको छ । उसले प्रत्येक महिना ५ करोड डोज खोप उत्पादन गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.