इथियोपियामा बन्धुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु

0

एजेन्सी : इथियोपियामा बन्दुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा विद्रोहीको पकड रहेको बेकोजी गाउँमा बन्दुकधारीले आक्रमण गरेका हुन् ।

धेरै जातीय समूहहरुको बसोबास रहेको सो स्थानमा लामो समयदेखि जातीय हिंसा हुँदै आएको इथियोपियाको मानवअधिकार आयोगले जनाएको छ । इथियोपियामा सन् २०१८ मा अबि अहमद प्रधानमन्त्रीमा नियुक्त भएसँगै विद्रोहीले आक्रमण तिब्र पारेका छन् ।

विद्रोहीहरुले सरकार विरुद्धको आन्दोलनका क्रममा सर्वसाधारणको हत्या गर्न थालेका छन् । केही समयअघि टिग्रे क्षेत्रमा सरकारी सेना र विद्रोहीविच भिडन्त भएको थियो । सो क्रममा सयौं सर्वसाधारण विस्थावित भएका थिए ।

Leave A Reply

Your email address will not be published.