नेकपाको दुबै समूहको केन्द्रीय समिति बैठक आज बस्दै

0

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

केपी ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र दाहाल-नेपाल समूहको बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा बोलाइएको छ ।

ओली समूहको बैठकमा महाधिवेशन तयारी लगायतका विषयमा कुराकानी हुने बताइएको छ । सो समूहले मंगलबार विधान तथा पार्टी प्रवक्ता परिवर्तन गरेको थियो ।

दाहाल-नेपाल समूहले दुई अध्यक्ष पुष्पकमल दाहाल र माधब नेपालको बरियता तोक्ने र प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन अघि बढाउने विषयमा छलफल गर्ने बताइएको छ । साथै पार्टी पदाधिकारीसमेत चयन गर्ने तयारी छ ।

दुबै समूहले आफुलाई आधिकारिक दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । दुबैले चुनाव चिन्ह सूर्यमा दावी पेश गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

Leave A Reply

Your email address will not be published.