कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै, संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने तयारी

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस बैठक मंगलबारदेखि शुरु भएको छ ।

आज पनि दिउँसो एक बजेपछि पार्टीे केन्द्रिय कार्यालय सानेपामा बैठक बोलाइएको छ । आजको बैठकबाट संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने तयारी कांग्रेसको छ ।

यसअघि बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक भएकाले राजनीतिक रुपमा प्रतिबाद गर्नुपर्ने बताएका छन । चुनावमा जाने कि आन्दोलन भन्नेमा कांग्रेसमा दुई मत छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारको असंबैधानिक कदम बिरुद्ध आन्दोलनमा जानुपर्ने अडानमा छन् । सभापति शेरबहादुर देउवा पक्ष भने अदालतको फैसलालाई कुरेर निर्वाचन तयारीमा लाग्ने पक्षमा छ ।

कांग्रेसले सर्वदलीय बैठकवाट प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्दै विरोधमा जाने निर्णय यसअघि नै गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.