भारतले आफ्नो भूमिमा सैन्य आक्रमणको तयारी गरिरहेको पाकिस्तानको आरोप

0

एजेन्सी : पाकिस्तानले भारतले आफ्नो भूमिमा सैन्य आक्रमणको तयारी गरिरहेको आरोप लगाएको छ । पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीले युएईको दुवईमा पत्रकारसँग कुरा गर्दै भारतले आक्रमणको योजना बनाएको बताएका हुन् ।

उनले भारतले आक्रमण गरे आफु चुप लागेर नबस्ने समेत बताए । दुई मुलुकविचको लडाइ रोक्न विदेशमन्त्री कुरेशीले अन्र्तराष्ट्रिय समुदायलाई अपिल समेत गरेका छन् ।

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मुइद युसुफले पनि विशेष जासुसी संयन्त्रबाट आक्रमणको तयारी थाहा भएको बताएका छन् । भारत क्षेत्रीय रुपमा अस्थिरता उन्मुख भएको र सो बाट अन्तर्राष्ट्रिय समुदायमको ध्यान मोड्न आक्रमणको तयारी गरेको उनको भनाइ छ ।

पाकिस्तानको आरोपप्रति भारतले भने कुनै प्रतिक्रिया जनाएको छैन । लामो समयदेखि दुबै मुलुकले एक अर्कालाई आक्रमणका आरोप लगाउदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.