नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनद्वारा एकता र सहकार्यका लागि आह्वान

0

एजेन्सी : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले एकता र सहकार्यका लागि आह्वान गरेका छन् । निर्वाचित भैसकेपछि गृह राज्य डेलवरको विलमिङ्गटनबाटे विजयी सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताएका हुन् ।

उनले ट्रम्पको नाम लिएर विपक्षी भएपनि सत्रु हुन नसक्ने बताए । उनले कसैलाई पनि ‘राक्षसीकरण’ गर्ने समयको अन्त्य गरिनुपर्ने बताए । मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नु पर्ने बेला आएको उनको भनाइ थियो । अर्थतन्त्र उकास्न, संस्थागत रुपमा रहेको रंगभेद अन्त्य गर्न र सबैको पहुँचमा पुग्ने स्वास्थ्य सेवा पुर्‍याउन काम गर्ने उनको भनाइ थियो ।

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने कमला ह्यारिसले उपराष्ट्रपतिमा निर्वाचित हुने आफू पहिलो महिला भए पनि अन्तिम नहुने बताएकी छन् । उनले कायम रहेको संस्थागत रंगभेद अन्त्य गर्नका लागि काम गर्न बाँकी रहेको बताइन् ।

Leave A Reply

Your email address will not be published.