पूर्वसांसद लामाको निधन

0

काठमाडौं : पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । ७० वर्षिय लामाको आज विहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

दुवै मृगौलाले काम गर्न छाडेपछि लामा २ वर्षदेखि नियमित रुपमा डायलाइसिस गर्र्दै आएका थिए । निमोनिया भएपछि सोमबारवाट उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

उनी २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका थिए । उनी २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्य लामा एक थिए ।

Leave A Reply

Your email address will not be published.