विदेशमा रहेका थप ५४४ नेपालीलाई कोरोना संक्रमण

0

काठमाडौं : कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर शुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार गत साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार गत साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ४४ हजार १ सय १३ जना विदेशमा रहेका नेपालीलाई कोरोना संक्रमणमा पुष्टि भइसकेको छ । ती मध्ये ४० हजार ७ सय २८ जना कोरोनमुक्त भएका छन् ।

गत साता साउदी अरबमा थप १ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्् ।

Leave A Reply

Your email address will not be published.