अमेरिकी निर्वाचनको नतिजा आउन शुरु, ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान

0

एजेन्सी : अमेरिकामा मंगलबार भएको मतदानको कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।

अहिलेसम्म दशवटा राज्यको मतगणना सकिदा बाइडेनले ४४ र ट्रम्पले ४२ इलेक्ट्रोल कलेजमा जित हासिल गरेका छन । बहालवाल राष्ट्रपति रिपब्लिकन डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ । हरेक राज्यको जनसंख्याको आधारमा इलेक्टोरल कलेजको मत निर्धारित हुन्छ ।

जित्नका लागि उम्मेदवारले कम्तीमा २ सय ७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ । यो पटक अमेरिकी मतदाताले कङ्ग्रेसका लागि नयाँ सदस्य पनि छान्दैछन् । ७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन् ।

त्यसबेला जर्ज एचडब्लु बुस एक कार्यकाल मात्रै निर्वाचित भएका थिए । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावको पुर्ण नतिजा आउन भने एक साता लाग्ने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.