भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै, बिहीबार मानार्थ महारथीबाट विभूषित गरिने

0

एजेन्सी : भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै छन । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डल सहित नरवणे भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं उत्रिने कार्यक्रम छ ।

उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन । नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ ।

भोलि नै उनले राष्ट्रपति भण्डारीसँग र शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । नरवणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।

द्विपक्षीय भेटका क्रममा मोबाइल अस्पताल, एम्बुलेन्सलगायत सामग्री भारतीय सेनाध्यक्षबाट हस्तान्तरण हुने कार्यक्रम पनि छ । नरवणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीलाई सम्बोधन गर्नेछन । नरवणे शुक्रबार नै स्वदेश फर्कने छ ।

Leave A Reply

Your email address will not be published.