पूर्वसभामुख महराकी श्रीमतीको कोरोना संक्रमणबाट मृत्यु

0

काठमाडौं : पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज विहान ५९ वर्षको उमेरमा मृत्यु भएको हो ।

रोल्पामा रहँदा निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो । उनी माइस्थेनिया नामक रोगबाट पनि विगत १० वर्षदेखि पीडित थिइन् ।

Leave A Reply

Your email address will not be published.