फिलिपिन्समा गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित

0

एजेन्सी : फिलिपिन्समा आएको गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् । २ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले क्याफेन्डुआनेस टापुमा ठुलो क्षति गरेको छ ।

आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेका छन् । आँधीका कारण बन्दरगाह र विमानस्थहरु बन्द गरिएका छन । आँधी प्रभावितहरुलाई शिक्षण संस्था, सरकारी कार्यालय र जिमखानाहरुमा राखिएको छ ।

आँधी पश्चिम दक्षिणतर्फ अघि बढेकाले सो स्थानमा उच्च सतर्कता अपनाइएको छ । कोरोना संक्रमण बढिरहेका बेला आँधीबाट जोगिन थप सतर्कता अपनाउन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् ।

फिलिपिन्समा हरेक वर्ष २० भन्दा बढी आँधी आउने गर्दछन् । एक साताअघि आएको मोलाभ आँधीका कारण त्यहाँ २२ जनाको मृत्यु भएको थियो । सन् २०१३ मा आएको हैयान आँधीमा परेर छ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.