जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री रायसहित १० जना पक्राउ

0

काठमाडौं : प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरु गएराति पक्राउ परेका हुन् ।

जुवा खेल्नेहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ नगद पनि बरामद भएको छ । जुवाको खालबाट पक्राउ परेका खोभारी राय २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए ।

उनी २०५२, २०५३ र २०६८ सालमा राज्यमन्त्री भएका थिए । विवादित छविका राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि राजनीतिमा सक्रिय छैनन् ।

Leave A Reply

Your email address will not be published.