पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

0

काठमाडौं : पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिकाका ३८ वर्षीय एक पुरुषको शनिबार साँझ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबासकी ६४ वर्षीया महिला र कावासोती नगरपालिका–११ का ४८ वर्षीय पुरूषको पनि सोही अस्पतालमा मृत्यु भएको छ । सुर्खेतमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १६ पुगेको छ ।

कैलालीका एक कोरोना संक्रमितको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुुनेमा टीकापुर नगरपालिका एकका साठी बर्षिय पुरुष रहेका छन ।

त्यस्तै झापाको गौरादह नगरपालिका वडा न ४ मिलन चोकका ७२ वर्षिय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका वृद्धको गए राती मृत्यु भएको हो । वृद्धलाई गत कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.