दशैं टीकाको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदै

0

दशैंको टीकाको दोस्रो दिन आज (मंगलबार) पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफूभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।

Leave A Reply

Your email address will not be published.