प्रधानमन्त्री दम्पतीले राष्ट्रपतिको हातबाट लगाए टीका

0

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यका साथ शीतलनिवास पुगेर टीका ग्रहण गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओेली र उनकी धर्मपत्नी राधिका शाक्यलाई टीका र जमारा लगाइदिएकी थिइन् ।

यसअघि राष्ट्रपति भण्डारीले आफ्ना गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर १९ मिनेटको साइतमा टीका लगाएकी थिइन् ।

उनले राष्ट्रपति कार्यालय, शीतल निवासमै दसैँको टीका र जमराका ग्रहण गरेकी हुन् ।

Leave A Reply

Your email address will not be published.