विश्‍वभर चार लाख १० हजारभन्दा बढी कोरोना संक्रमित थपिए

0

विश्‍वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ३७ लाख ६९ हजार ५९५ पुगेको छ । पछिल्लो २४ घण्टामा चार लाख १० हजार ५११ जना संक्रमित थपिएका छन् । २४ घण्टामा विश्वमा थप पाँच हजार १०१ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्‍वभर संक्रमणका कारण ११ लाख ६४ हजार २२७ जनाको मृत्यु भएको छ । तीन करोड २१ लाख ६२ हजार ८७ जना संक्रमणमुक्त भएका छन् । विश्‍वमा अहिले एक करोड चार लाख ४३ हजार २८१ सक्रिय संक्रमित छन् । तीमध्ये ७८ हजार ८७७ जना गम्भीर बिरामी छन् ।

Leave A Reply

Your email address will not be published.