कोभिडविरुद्ध बीसीजी खोप परीक्षण

0

बेलायती वैज्ञानिकहरूले कोभिड–१९ बाट बचाउन बीसीजी खोपले काम गर्न सक्छ कि भनेर परीक्षण सुरु गरेका छन्। क्षयरोग (टीबी) नियन्त्रण गर्न सन् १९२१ मा यो खोप आविष्कार गरिएको थियो। कोरोनामा पनि यो उपयोगी हुने केही प्रमाण फेला पारेको उनीहरूले बताएका छन्। 

युनिभर्सिटी अफ एक्सेसरको उक्त ‘ट्रायल’ मा हजार जनाले भाग लिँदै छन्। बेलायतका दसौं लाख व्यक्तिले सानैमा बीसीजी खोप लिएका छन्। हाल महामारी बनेको कोरोनाबाट जोगिन उक्त खोप पुनः लिनुपर्ने वैज्ञानिकहरूको भनाइ छ। यो खोपमा कुनै पनि संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता उच्च बनाउने गुण छ। त्यही कारण कोरोनासँग लड्न पनि फलदायी हुने आकलन गरिएको छ। 

बीसीजी खोपका कारण क्षयरोग रोकथाम मात्र भएको छैन, बेलायतमा नवजात शिशुलाई निमोनियाजस्ता रोगबाट समेत जोगाउन सघाएको अध्ययनले पुष्टि गरेको छ। दक्षिण अफ्रिकामा यसले नाक, घाँटी र फोक्सोमा हुने संक्रमण ७३ प्रतिशत घटाएको पाइएको छ। जब कि नेदरल्यान्डमा बीसीजीले जन्डिस ज्वरोको भाइरसलाई घटाएको छ। ‘बीसीजी खोप विश्वका लागि महत्त्वपूर्ण हुन सक्छ’, युनिभर्सिटी अफ एक्सेसरका प्रोफेसर जोन क्याम्पबेलले भने, ‘कोरोनाविरुद्ध लड्न यो उपयोगी हुन सक्छ।’

Leave A Reply

Your email address will not be published.