कोरोना भाइरस नोट र फोन स्क्रिनमा २८ दिनसम्म संक्रामक रुपमा बाँच्ने !

0

एजेन्सी : कोरोना भाइरस बैंक नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म संक्रामक रुपमा रहनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको अनुसन्धानमा भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहने देखिएको हो ।

राष्ट्रिय विज्ञान निकायका प्रमुख डा ल्यारी मार्शलले सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिए संक्रमणको अनुमान र नियन्त्रणमा सहज हुने बताएका छन् ।

यसअघि गरिएका अध्ययनमा सार्स कोभ टु भाइरस नोट वा ग्लास सतहमा दुई देखि तीन दिनसम्म तथा प्लास्टिक तथा स्टीलमा छ दिनसम्म बाँच्न सक्ने देखिएको थियो । अध्यारो अवस्थामा गरिएको अनुसन्धानमा यो लामो समय सक्रिय रहने देखिएको हो ।

कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने संक्रमणको जोखिमबारे शंका प्रकट गरेका छन् । उनीहरुले अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर आम मानिसमाझ अनावश्यक त्रास फैलने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.