ट्वीटरले ट्रम्पको कोरोना सम्बन्धी ट्वीट नदेखिने बनायो

0

एजेन्सी : ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना सम्बन्धी ट्वीट नदेखिने बनाएको छ । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै गरेको ट्विट ट्विटरले नदेखिने बनाएको हो । यसअघि पनि ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएका थिए ।

कोरोना संंक्रमित ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने दावी गर्दै आएका छन् । कोरोना संक्रमणपछि उनले सोमबारवाट चुनावी प्रचार शुरु गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.