स्वास्थ्य मापदण्डको नियम तोड्दै ट्रम्प नियमित काममा फर्किए

0

एजेन्सी : कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्केका छन् । कोरोना भाइरस संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्वाईट हाउसको ओभल अफिसमा फर्केका हुन् ।

ट्रम्पले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोडेका हुन् । ट्रम्पले आफु स्वस्थ भएकोमा भगवानलाई धन्यवाद दिँदै आफुले जस्तै स्वास्थ्य सेवा र उपचार सबै कोरोना संक्रमित अमेरिकीहरुको पुहँचमा हुनुपर्ने बताएका छन् ।

कोरोना उपचारको लागि अमेरिकामा उत्पादित औषधि आफ्ना नागरिकलाई निशुल्क उपलब्ध गराउने आश्वासन समेत उनले दिएका छन् । चिकित्सकका अनुसार ट्रम्पलाई पछिल्लो २४ घण्टा कोरोनाको कुनै लक्षण देखिएको छैन । चारदिनदेखि ज्वरो पनि देखिएको छैन ।

चिकित्सक सीन कोन्लीका अनुसार ट्रम्पमा पहिचान गर्न सकिने तहमा भाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी देखिएको छ । शुक्रवार अस्पताल भर्ना गरिएका ट्रम्प सोमबार ह्वाइ हाउस फर्किएका थिए ।

Leave A Reply

Your email address will not be published.